• ट्रेण्डिङ्ग :
आजको मौसम : देशभर आंशिक बदली

आजको मौसम : देशभर आंशिक बदली


  • 1.9K
    SHARES
    • माघ ३, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 2.9K Views

    आजको मौसम : देशभर आंशिक बदली

    काठमाडौँ,  माघ ३ ।  पश्चिम न्यून चापीय प्रणालीका कारण गएरातिदेखि देशभर आंशिकदेखि साधारणतया बदलीको अवस्था रहेको   छ ।  सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा हल्का वर्षासमेत भइरहेको जल तथा मौसम विज्ञान विभाग , मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

    images

    महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले देशको मध्य र पश्चिमी भू–भागहरुमा वर्षा तथा उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना रहेकोे जानकारी दिनुभयो । यसका कारण दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले जनाएको छ । भोलि शुक्रवारदेखि भने मौसममा सुधार हुने सम्भावना रहेको जनाइएको छ ।  रासस


    तेस्रो आँखा