• ट्रेण्डिङ्ग :
ट्रकको ठक्करबाट मोटरसाइकलका चालकको मृत्यु

ट्रकको ठक्करबाट मोटरसाइकलका चालकको मृत्यु


  • 3.3K
    SHARES
    • माघ ४, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 5.0K Views

    ट्रकको ठक्करबाट मोटरसाइकलका चालकको मृत्यु

    सिन्धुपाल्चोक, पुस ४ । लामोसाँघु–जिरी सडक खण्डअन्तर्गत सुनकोशी गाउँपालिका–६ थुम्पाखर स्थित ८ किलोमा मालबाहक ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

    images

    दोलखाबाट काठमाडौं जाँदै गरेको मधेश प्रदेश ०३–००२ ख ०५३४ नम्बरका मालबाहक ट्रकले बागमती प्रदेश ०२–०३३ प ७३०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करपछि आगलागी हुँदा बाइक चालक लिसंखुपाखर गाउँपालिका–६ डाँडापाखरका दावा छिरिङ लामाको जलेर मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय अंधेरीका इन्चाज तथा वरिष्ठ सई गोपीराम भण्डारीले जानकारी दिनुभयो ।

    ट्रक चालक र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ट्रकको टक्करबाट चालकको मृत्यु भएपछि अहिले लामोसाँघु–जिरी सडकखण्ड अवरुद्ध भएको छ । सवारीसाधान पूर्णरुपमा ठप्प भएको छ ।


    तेस्रो आँखा