• ट्रेण्डिङ्ग :
सडक बिस्तारको क्रममा डोजर चलाइयो, आजपाको आपत्ति

सडक बिस्तारको क्रममा डोजर चलाइयो, आजपाको आपत्ति


  • 3.0K
    SHARES
    • माघ १३, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 4.7K Views

    सडक बिस्तारको क्रममा डोजर चलाइयो, आजपाको आपत्ति

    रौतहट, माघ १३  । रौतहटको बौद्धिमाई नगरपालिका वडा नं.८ र ९ सरमुजवामा सडक बिस्तारको क्रममा डोजर चलाइएको छ । बौद्धिमाई नगरपालिकाका नगर प्रमुख प्रदिप यादवको अगुवाइमा सडक क्षेत्रभित्र पर्ने संरचना हटाएको हो ।
    सडक क्षेत्रमा रहेका केहिको घरगोठ  तथा परालको थुप्रो नगरपालिकाले हटाएको  छ तर स्थानीयहरुले भने नगरपालिकाले जबर्जस्ती गरेको आरोप लगाएको छन् । नगर प्रमुख यादवका अनुसार सडक बिस्तारका लागी स्थानीयलाई  जानकारी दिएर नै संरचना हटाएको बताए । पटक पटक सूचना दिदा समेत बेवास्ता गरेपछि बाध्य भएर डोजर चलाइएको उनको दाबी छ । 
    यस बिषयमा पछिल्लो एक महिनादेखी विवाद हुदै आएको थियो । सरमुजवा घटनाको विरोध गर्दै आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले  प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गरेका छन । उनले सो घटनामा संलग्न प्रहरीलाई कारवाही गर्न माग गरेका छन् । एकातिर भोग चलनको आधारमा जनतालाई लालपुर्जा दिनका लागि भूमी आयोग गठन गर्ने अर्कोतर्फ जनताको उठीवास नै लगाईदिने काम दोहोरो चरित्रको भएको टिप्पणी साहले गरेका हुन् ।

    images

  • सम्बन्धित विषय:

  • # आजपा

  • तेस्रो आँखा
    लेखकबाट थप