• ट्रेण्डिङ्ग :
कस्तो होला आज दिनभरिको मौसम ?

कस्तो होला आज दिनभरिको मौसम ?


  • 2.9K
    SHARES
    • माघ १५, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 4.4K Views

    कस्तो होला आज दिनभरिको मौसम ?

    काठमाडौं, १५ माघ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका धेरै भूभागमा हुस्सु र कुहिरो लागेको छ ।

    images

     

    दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । राति कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

    विशेष गरी बिहानको समयमा देशका तराई तथा उपत्यकाका धेरै स्थानमा हुस्सु तथा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।


    तेस्रो आँखा