रोल्पा, १७ माघ । श्री शिवालय प्राथमिक विद्यालय सुनिल स्मृति गाउँपलिका ०७ तेवाङ्ग रोल्पामा अक्षयकोष स्थापना गरिएको छ। बिद्यालयमा आधारभूत तह कक्षा (६–८) संचालन गने उदेश्यले अक्षयकोष को सुरुवात गरिएको हो ।
२०५२ सालमा स्थापना भएको यो विद्यालयमा प्राथमिक तह (१–५) सम्म संचालन रहेको र गत वर्ष मात्रै कक्षा ६ संचालन भएको थियो । स्थापनाकाल देखि नै निजी स्रोत बाट संचालन भएको सो विद्यालयमा हाल २ जना शिक्षक मात्रै दरबन्दी मा रहेको यो विद्यालय स्थानीयहरुको आन्तरिक स्रोत बात संचालन भईरहेको छ। बिद्यालय क्षेत्रभित्रका स्थानीयहरुको स्रोतले मात्र संचालन गर्न समस्या भएको हुदा अहिले अक्षयकोष स्थापना गरिएको कुरा सोहि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष्य दुजाराम रोका मगरले जानकारी गराउनु भएको छ।
उहाँ भन्नुहुन्छ , “ हामीले अहिले सम्म यो विद्यालय बात उत्कृष्ट विद्यार्थीहरु उत्पादन गर्न सफल भएका छौ । अझै पनि हामीले राम्रो गर्ने प्रयासमा छौ। कम्तिमा पनि ८ कक्षा पढ्न को लागि हाम्रो विद्यार्थीहरु लाई अप्ठ्यारो नपरोस भन्नको लागि यो अभियान सुरु गरेका हौ । “
अक्षयकोष स्थापनाको सुरुवातमै सोहि विद्यालयका पुर्व वि.व्य.स. अध्यक्ष्य तथा हालको सदस्य खिम बहादुर रोका मगर ले रु ५१,१५१ रुपैया आर्थिक सहयोग गर्नुभएको थियो , भने अहिले सहयोग गर्ने क्रम भईरहेको छ। सहयोगीहरुको नामावली अहिले सामाजिक संजाल बात पोष्ट गरिरहेको पनि जानकारी गराउनु भएको छ।
दिपक मगर
