• ट्रेण्डिङ्ग :
२० बर्षदेखि फरार अभियुक्त रौनियार पक्राउ

२० बर्षदेखि फरार अभियुक्त रौनियार पक्राउ


  • 2.8K
    SHARES
    • माघ १८, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 4.3K Views

    २० बर्षदेखि फरार अभियुक्त रौनियार पक्राउ

    रौतहट, १८ माघ । २० बर्षदेखि फरार रहेका एक अभियुक्तलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । लागू औषध चरेश मुद्दम कसुर ठहर भई अदालतबाट सजायको फैसला भएपश्चात फरार रहेका अभियुक्तलाई लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

    images

    पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवाका ४१ बर्षीय चन्दन कुमार रौनियार रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार  वीरगन्ज–१६ नगवामै लुकिछिपी बसेको अवस्थामा रौनियारलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो।

    अदालतको फैसला कार्यान्वयनका लागि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले  पक्राउ गरेर पर्सा जिल्ला अदालतमै बुझाएको उनले जानकारी  दिए ।

    लागु औषध चरेसको मुद्दामा पर्सा जिल्ला अदालतले २०६१ अषाढ १३ गते रौनियारविरुद्ध २ बर्ष ७ महिना कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो । अदालतको उक्त फैसला लगत्तै रौनियार फरार रहँदै आएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # मधेस प्रदेश

  • तेस्रो आँखा
    लेखकबाट थप