काठमाडौँ, २१ माघ । वरिष्ठ अधिवक्ता दामोदर खड्का न्याय परिषद् सदस्यमा नियुक्त हुनु भएको छ । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले खड्कालाई न्याय परिषद् सदस्यमा नियुक्त गर्नुभएको हो।
राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा नेपालको संविधानको धारा १५३ को उपधारा (१) को खण्ड (ङ) बमोजिम नेपाल बार एसोसिएशनको सिफारिसमा काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–४ निवासी वरिष्ठ अधिवक्ता खड्कालाई न्याय परिषद् सदस्यमा नियुक्त गरिएको उल्लेख गरिएको छ ।
