जाजरकोट, माघ २२ । जाजरकोटको छेडागाडमा टिप्पर दुर्घटना हुँदा सह-चालकको मृत्यु भएको छ । भे १ क १०५५ नम्वरको टिप्पर एक्कासी ब्रेक फेल भई दुर्घटना हुँदा मध्यपहाडी राजमार्गमा काम गर्ने दाङ तुल्सिपुर उपमहानगरपालिका वडा न।३ बस्ने वर्ष ४२ का हरि प्रसाद भट्टराइको नगर अस्पताल थलहमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
आज बिहान ८ः३० बजेको समयमा छेडागाड न।पा। ११ सिम्लेखोलास्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको हो । छेडागाड नगरपालिका ११ फुन्मादेखि वडाबनतर्फ गिट्टी लिएर आउँदै गरेको टिप्पर पल्टीएको प्रहरीले जानएको छ ।
जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी निरीक्षक दिनेश तिमिल्सेनाले त्यस्तै गम्भीर घाइते भएका टिप्पर चालक सुर्खेत बिरेन्द्र नगर नगरपालीका १ बस्ने वर्ष २५ को सन्तोष सुनारको थप उपचारको लागि नेपालगञ्जतर्फ रिफर गरिएको बताउनुभयो ।
अर्का घाइते दैलेख नारायाण नगरपालिका ८ बस्ने बर्ष १८ का सुजन रावलको छेडागाड नगरपालिका ५ सामुदायिक अस्पतालमा उपचार भइरहेको सूचना अधिकारी तिमिल्सेनाले जानकारी दिनुभयो ।
