• ट्रेण्डिङ्ग :
चितवनमा लामिछानेसहित ३२ जनाविरुद्ध मुद्दा दर्ता

चितवनमा लामिछानेसहित ३२ जनाविरुद्ध मुद्दा दर्ता


  • 3.9K
    SHARES
    • माघ २२, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 5.9K Views

    चितवनमा लामिछानेसहित ३२ जनाविरुद्ध मुद्दा दर्ता

    चितवन, २२ माघ । चितवनको सहारा सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पुर्व गृहमन्त्री रवि लामिछानेसहित चितवन जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । लामिछानेसहित ३२ जनाविरुद्ध ठगी तथा संगठित अपराधको कसुरमा अदालतमा मुद्दा दर्ता भएको हो ।

    images

    अनुसन्धानबाट गोरखा मिडियासहितका कम्पनीहरूमा ४३ करोड १४ लाख ९९ हजार ९२८ रुपैयाँ अपचलन भएको देखिएको छ । गोरखा मिडियामा सहारा बचतबाट १० करोड ८० लाख १८ हजार १५१ रुपैयाँ अपचलन भएको अनुसन्धानबाट देखिएको प्रहरीको भनाई छ ।

    जीबी ग्रुप अफ कम्पनीमा ९ करोड ७० लाख र नेचर हब्र्समा ९ करोड ७३ लाख ८१ हजार अवैध तरिकाले गएको भेटिएको छ । स्प्रिङ उड र नेचर नेस्टमा पनि गलत तरिकाले रकम गएको भेटिएको प्रहरीले जानकारी दिएको छ ।


    तेस्रो आँखा