• ट्रेण्डिङ्ग :
तुलसीपुरका अपांग भएका व्यक्तिहरुलाई न्यानो कपडा वितरण

तुलसीपुरका अपांग भएका व्यक्तिहरुलाई न्यानो कपडा वितरण


  • 4.5K
    SHARES
    • माघ २३, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 6.9K Views

    तुलसीपुरका अपांग भएका व्यक्तिहरुलाई न्यानो कपडा वितरण

    तुलसीपुर, २३ माघ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर-६ ले अपांग भएका व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरेको छ । अपांग सुधार केन्द्रको आयोजनामा र तुलसीपुर-६ नम्बर वडाको आर्थिक सहयोगमा ६४ जना अपांग भएका व्यक्तिहरुलाई सुईटर वितरण गरेको हो ।
     
    आर्थिक रुपमा विपन्न तथा अपांग भएका व्यक्तिहरुलाई चिसोबाट जोगिनका लागि न्यानो कपडा वितरण गरेको वडाध्यक्ष भण्डारी जानकारी दिनुभयो । यो बर्षमा वडामा ५० हजार मात्र बजेट भएको र वडाको समृद्धिलाई हेरेर अपांगलाई न्यानो कपडा वितरण गरेको उहाँको भनाइ छ । अपांग भएका व्यक्तिहरुले कुनै रोजगारी वा सिपमुलक तालिमहरु प्राप्त गर्न चाहेमा समुह बनाएर वडा कार्यालयमा जानकारी गराएमा र वडाको तर्फबाट सक्दो प्रयास गर्ने प्रतिबद्धता राख्नुभयो । अपांग भएका व्यक्तिले पनि नयाँ किर्तिमान योग्य काम गरेको उहाँले बताउनुभयो ।

    images
    1ebb243f-e54b-456c-bd76-5a346f33d5a4.jpg

    वडाध्यक्ष भण्डारीले अपांग भएका व्यक्तिहरुलाई हाम्रो लागि कोहि नभएको आभास नगराउन समेत आग्रह गर्दै तीन तहका सरकारहरुले अपांगको लागि सधैं काम गर्ने बताउनुभयो । अपांग भएका व्यक्तिहरुसंग सभ्य र नम्र बोल्ने र एक्लोपनको अनुभुती नगराउन परिवारलाई आग्रह समेत गर्नुभयो । 

    अपांग भएका व्यक्तिहरुको लागि ठूलो राहत नभएपनि उहाँहरुको दुःखसुखमा वडा कार्यालय  सँगै छ भन्ने कुराको महसुस बनाउन यस्ता खालका कार्यक्रमहरु ल्याएको वडा अध्यक्ष भण्डारीले बताउनुभयो ।

    9dc8d7cc-7d1c-416b-a3e8-0a12503b8f45.jpg


    तेस्रो आँखा