• ट्रेण्डिङ्ग :
टिपर दुर्घटनामा चालकको मृत्यु

टिपर दुर्घटनामा चालकको मृत्यु


  • 2.6K
    SHARES
    • माघ २४, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 4.0K Views

    टिपर दुर्घटनामा चालकको मृत्यु

    हेटौँडा, माघ २४ । मकवानपुरको मकवानपुरगढी–७, खोटारमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । टिपरको ब्रेक फेल भई दुर्घटना हुँदा टिपर चालक मकवानपुरगढी–७, माथिल्लो जिम्बरका २४ वर्षीय देवेन्द्र लुङ्वाको घटनास्थलमै मृत्यु भएको हो । 

    images

    हेटौँडा उपमहानगरपालिका वडा नं। १६ हटियास्थित शिवम् सिमेन्ट उद्योगको चुनढुङ्गा खानी क्षेत्र मकवानपुरगढी–७, खोटारबाट फर्कँदै गरेको टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । 

    बुधवार बिहान ८ बजेर ३० मिनेटको समयमा खानीबाट ढुङ्गा लोड लिई फर्कँदै गरेको बा २ क ६६६४ नम्बरको ट्रिपर दुर्घटना भएको थियो । 


    तेस्रो आँखा