• ट्रेण्डिङ्ग :
दाङका ३ पूर्व जिल्ला सभापति कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित

दाङका ३ पूर्व जिल्ला सभापति कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित


  • 6.4K
    SHARES
    • मंसिर ८, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 9.8K Views

    दाङका ३ पूर्व जिल्ला सभापति  कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित

    दाङ,मंसिर ८ ।
    नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत दाङका ३ जना पूर्व जिल्ला सभापतिहरु महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । कांग्रेसका पूर्व सभापति बिरकेसरी गौतम, घनश्याम रेग्मी र मोहनलाल ओली पराजित भएका हुन् । ओली तत्कालीन प्रजातान्त्रीक कांग्रेसका जिल्ला सभापति हुन् । गौतम र ओली दाङ क्षेत्र नम्बर २ बाट पराजित भए भने रेग्मी दाङ ३ बाट पराजित भएका हुन् । यसैगरि महासमिति सदस्य हरिप्रसाद रजौरिया पनि महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । यसैगरि कांग्रेसका दुईजना पूर्व जिल्ला सचिव पनि पराजित भएका छन् । पूर्वसचिवहरु ध्रुव ज्ञवाली र दिपककुमार रेग्मी पराजित भएका हुन् । गत प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनेका भरतबहादुर न्यौपाने पनि पराजित भए ।  

    images

     


    तेस्रो आँखा