• ट्रेण्डिङ्ग :
सल्यान महोत्सवका ८० स्टलमा आगलागी हुँदा करोडौँको क्षति

सल्यान महोत्सवका ८० स्टलमा आगलागी हुँदा करोडौँको क्षति


  • 4.7K
    SHARES
    • माघ २७, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 7.3K Views

    सल्यान महोत्सवका ८० स्टलमा आगलागी हुँदा करोडौँको क्षति

    सल्यान, माघ २७ । सल्यानमा जारी दोस्रो सल्यान महोत्सवमा आगलागी भएको छ।  राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान सल्यानले आयोजना गरको दोस्रो बृहत् सल्यान महोत्सव स्थलमा आगलागी भएको हो।   

    images

    आठ दिनदेखि जारी महोत्सवमा आगलागी हुँदा करोडौँ मूल्य बराबरको सामान जलेर नस्ट भएको छ। १८ गतेबाट जारी महोत्सवमा हिजो ८ औं दिन  राति आगलागी हुँदा करोडौँ मूल्य बढीको सामान जलेर नष्ट भएको हो।

    महोत्सवमा राखिएका १३५ स्टलमध्ये ८० स्टलमा आगो लागेको राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान सल्यानका सचिव नोखिराम थापाले जानकारी दिनुभयो। उहाँका अनुसार गएराति ११ बजे स्टलमा आगलागी भएको हो। 

    आगलागीबाट आठ करोड बढीको क्षति भएको अनुमान गरिएको छ।  

    नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले राति नै आगो नियन्त्रणमा लिएको सल्यान प्रहरी प्रमुख केशर न्यौपानेले जानकारी दिनुभयो। उहाँका अनुसार क्षतिको विवरण आउन बाँकी छ। आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    Screenshot 2025-02-09 101912.jpg


    तेस्रो आँखा