• ट्रेण्डिङ्ग :
रुकुमपश्चिममा बम भेटियो

रुकुमपश्चिममा बम भेटियो


  • 4.5K
    SHARES
    • माघ २७, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 6.9K Views

    रुकुमपश्चिममा बम भेटियो

    रुकुमपश्चिम, माघ २७ । रुकुमपश्चिमको त्रिवेणी गाउँपालिस्थित नेपाली सेनाको ब्यारेज नजिकै बम फेला परेको छ। वडा नम्बर ६ बित्तास्थित लालीगुराँस सामुदायिक वन क्षेत्रमा आइतबार बिहान बम फेला परेको हो। 

    images

    वडा अध्यक्ष भद्रबहादुर शेर्पालीले जङ्गलको खोल्सामा बम भेटिएको सूचना दिए पश्चात प्रहरी चौकी झुन्नेटाबाट र चण्डीदल गण सुरक्षा पोष्ट खाराबाट सुरक्षाकर्मीको टोली घटनास्थल गएको छ। 

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले घटनास्थल सुरक्षित गरिएको र बम डिस्फोजल टोली घटनास्थल पुगिसकेको जानकारी दिनुभयो। 

    उक्त बम विगतको द्वन्द्वको क्रममा छोडिएको हुन सक्ने बताइएको छ। 


    तेस्रो आँखा