• ट्रेण्डिङ्ग :
सुर्खेतमा बस दुर्घटना हुँदा ३६ जना घाइते

सुर्खेतमा बस दुर्घटना हुँदा ३६ जना घाइते


  • 3.5K
    SHARES
    • माघ २८, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 5.4K Views

    सुर्खेतमा बस दुर्घटना हुँदा ३६ जना घाइते

    सुर्खेत, २८ माघ । सुर्खेतबाट भारतको प्रयागराजमा जारी महाकुम्भमा गइरहेको तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् ।

    images

    रत्न राजमार्गको बबई–हर्रे सडकखण्डको बबईदेखि एक किलोमिटर उत्तर–पश्चिम हर्रेतर्फ भे १ ख ४३३१ नम्बर बस दुर्घटना हुँदा ३६ यात्री घाइते भएका हुन् ।

    प्रहरीका अनुसार घाइतेमध्ये छ जनाको अवस्था गम्भीर छ भने ३० जना सामान्य रहेको र उहाँहरूलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले घाइते सबैको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको र उनीहरूको पहिचान हुन बाँकी रहेको बताउनुभयो । बस दुर्घटनाबारे अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।


    तेस्रो आँखा