• ट्रेण्डिङ्ग :
सुक्खा पहिरोले यातायात अवरुद्ध

सुक्खा पहिरोले यातायात अवरुद्ध


  • 4.1K
    SHARES
    • माघ २८, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 6.3K Views

    सुक्खा पहिरोले यातायात अवरुद्ध

    हुम्ला, माघ २८ । कर्णाली कोरिडोर अन्तर्गत हुम्लाको खच्चा सडकखण्ड अवरुद्ध भएको छ । पटक पटक सुक्खा पहिरो आउने गरेको खच्चामा आइतबार बिहान पनि सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । 

    images

    सडक अवरुद्ध भएसँगै हुम्ला सदरमुकाम जाने मालबाहक गाडीसहित सम्पूर्ण यातायातका साधन ठप्प भएको प्रहरी चौकी बालुकुलाका प्रहरी हवलदार राजबहादुर विष्टले बताउनुभयो । यातायातका साधन ठप्प भएपछि यात्रुसमेत हिँडेर जान बाध्य भएका छन् । सर्केगाड गाउँपालिका–१ को खच्चामा माथिबाट सुक्खा पहिरो खस्दा २० मिटर सडक पूर्ण रूपमा छोपिएको छ । 

    यातायात आवागमन ठप्प भएपछि तुम्चाको बालुकुनामा रहेको अस्थायी प्रहरी पोस्टको टोली र सडक डिभिजन कार्यालय कोल्टीको सहयोगमा अहिले जेसिभीमार्फत पहिरो हटाउन लागिएको छ । माथिबाट पहिरो खस्ने क्रम जारी रहेका कारण केही ढिलाइ भएको उहाँले जनाउनुभयो । उक्त स्थानमा सुर्खेतबाट हुम्ला जिल्लाको सर्केगाड हुँदै खार्पुतर्फ आउँदै गरेका तीन वटा मिनी बस, पाँच वटा मिनी ट्रक, तीन वटा हायस बालुकुनापट्टीमा रोकिएका छन् भने सर्केगाडबाट सुर्खेततर्फ जाने तयारीमा रहेका एक मिनी ट्रक र एक बस सो ठाउँमा रोकिएका छन् । बर्खामा पानी पर्नेबित्तिकै पहिरो जाने स्थानमा हिउँदमा पनि सुक्खा पहिरो बारम्बार खस्ने गरेको छ ।


    तेस्रो आँखा