तुलसीपुर, २८ माघ । दाङ तुलसीपुरमा ट्रकको ठक्करबाट मोटरसाइकलको पछाडी बसेका सवारको मृत्युपछि घोराही-तुलसीपुर सडकखण्ड अवरुद्ध भएको छ । आइतबार मृतकका आफन्तले दोषिलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको माग गर्दै आज बिहानदेखि घोराही–तुलसीपुर सडक अवरुद्ध गरेका हुन् ।
ट्रकको ठक्करबाट मृत्यु भएपछि दोषिलाई कार्बाही र उचित क्षतिपुर्तिको मागसहित आफन्तले आज बिहानदेखि सडक अवरुद्ध पारेका हुन् ।
तुलसीपुरको हात्तिखौवा चोक नजिकै ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको थियो भने एकजना गम्भिर घाइते भएका थिए । तुलसीपुर– ७ घुसेरीका ५६ वर्षिय जंग बहादुर चौधरीको मृत्यु भएको थियो ।
आईतबार दिउँसो ३ बजेतिर तुलुीपुरबाट घोराहीतर्फ जाँदै गरेको ना ६ ख ५९२२ नम्बरको ट्रकले लु.प्र.०२००१ प् २८६८ नम्बरको सोही तर्फ जादै गरेको मोटरसाइकललाई ठक्कर दिँदा चौधरीको घटनास्थलमै ज्यान गएको थियोे ।
ट्रकको ठक्करबाट मोटरसाइकल चालक तुलसीपुर–७ का ४७ वर्षिय तीर्थ बहादुर खत्री गम्भिर घाइते भएका छन । ट्रक चालक बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१६ का ४५ वर्षिय जयराम अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । साथै मृतकका आफन्तहरुले एम्बुलेन्स, स्कुल बस र रेडक्रसको गाडिहरुलाई जान दिने सहमति गरेका छन ।
