रुकुम पुर्व । रुकुम पूर्वमा दुई जनाको हत्या भएको छ । हत्या आरोपित पनि मृत फेला परेका छन् ।
भूमे गाउँपालिका–४ तल्लो साकिमका ५१ वर्षीय चन्द्रसिङ पुनमगरले सोही ठाउँकी ६० वर्षीया ढाटी बुढामगर र उनका ८ महिनाको नाती सिजन बुढामगरको खुकुरी प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका डिएसपी माधवराज खरेलका अनुसार हत्या आरोपित पुनमगर पनि खुलखुले खोलामा टाउकोमा चोट लागेको अवस्थामा मृत फेला परेका छन् । घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
