• ट्रेण्डिङ्ग :
डोल्पामा आगलागि हुँदा एक घर जलेर नष्ट : २० लाख बराबरको क्षति

डोल्पामा आगलागि हुँदा एक घर जलेर नष्ट : २० लाख बराबरको क्षति


  • 3.3K
    SHARES
    • फाल्गुण ३, २०८१ शनिबार
    • १ बर्ष अघि
    • 5.1K Views

    डोल्पामा आगलागि हुँदा एक घर जलेर नष्ट : २० लाख बराबरको क्षति

    कर्णाली, ३ फागुन । डोल्पाको मुड्केचुला गाउँपालिका-३ स्थित प्यारी भन्ने ठाउँमा आगलागि हुँदा एक घर जलेर नष्ट भएको छ । कालिका निवासी हरिबहादुर सिंहको डोल्पा र जाजरकोटको सिमाना प्यारी भन्ने ठाउँमा रहेको घर आगलागी भएको हो ।

    images

    माटो ढुंगा र काठले निर्मित दुई तले घर गोठ आगलागी हुँदा घरमा भएको खाद्यान्न लत्ताकपडा र दुईवटा बाख्रा समेत जलेर नष्ट भएका छन । आगो निभाउने क्रममा एकजना गम्भीर घाइते भएको स्थानीय लिलराज रोकायले जानकारी दिनुभयो ।

    यसै गरि मौरीका पाँचवटा घर, भकारी र लत्ताकपडा जलेर नष्ट भएको छ । पशुुहरु, लत्ताकपडा, अन्नपात र घरसमेत गरेर करिब २० लाख बराबरको क्षति भएको बताइएको छ । आगलागी भएको खबर प्राप्त भएपछि स्थानीयहरु गएर आगो नियन्त्रणमा लिएका थिए ।
    आगो निभाउने क्रममा हरिबहादुर सिंह जलेर गम्भीर घाइते भएको भएपनि उपचारमा समस्या भएको आगलागी पिडित सिंहका आफन्तले बताएका छन ।

    लामो समयको खडेरीपछि डोल्पामा आगलागीका घटनाहरु दिनप्रतिदिन बढ्दै गएका छन । आगलागी र डढेलोबाट समयमा नै बच्नका लागि सम्बन्धित निकायले बेलैमा सचेतना बनाउन जरुरी रहेको छ ।


    तेस्रो आँखा