• ट्रेण्डिङ्ग :
मुस्लिमले सहमति उल्लंघन गरे आन्दोलनमा जान्छौं : समस्त हिन्दु समाज

मुस्लिमले सहमति उल्लंघन गरे आन्दोलनमा जान्छौं : समस्त हिन्दु समाज


  • 2.9K
    SHARES
    • फाल्गुण ३, २०८१ शनिबार
    • १ बर्ष अघि
    • 4.4K Views

    मुस्लिमले सहमति उल्लंघन गरे आन्दोलनमा जान्छौं : समस्त हिन्दु समाज

    जनकपुर । जनकपुरधाम उप–महानगरपालिका–२० देवपुरा रुपैठास्थित तेलिया पोखरीमा मुस्लिम समुदायले विगतमा भएको सहमति उल्लंघन गरेको भन्दै समस्त हिन्दु समाज जनकपुरधाम संघर्षमा जाने चेतावनी दिएको छ ।

    images

    समस्त हिन्दु समाज, जनकपुरधामले एक विज्ञप्ति जारी गर्दै जनकपुरधाम उप–महानगरपालिकाका तत्कालिन मेयर लालकिशोर साहको पालामा देवपुरा रुपैठास्थित तेलिया पोखरीको बिषयमा भएको विवाद सामाधान गर्न भएको सहमति मुस्लिम समुदायले उल्लंघन गरेको आरोप लगाएको छ ।

    समस्त हिन्दु समाजले २०७८ कातिक २९ गते तेलिया पोखरीमा कुनै समुदायले आफ्नो धार्मिक संकेत, धार्मिक झण्डा, टहरा लगायतका निर्माण कार्य नगर्ने सहमति भएको जनाएको छ ।

    तर, ती सहमति उल्लंघन गरि मुस्लिम समुदायले त्यहाँ धार्मिक झण्डा र पोखरीको उत्तर–पूर्व डिलमा भौतिक संरचना समेत तयार गरेको भन्दै समस्त हिन्दु समाजले त्यसविरुद्ध संघर्ष गरी आन्दोलनमा जाने समेत चेतावनी दिएको छ ।

    समाजमा पुनः अशांतिको वातावरण सृजना हुन सक्ने भन्दै सामुदायिक दंगा तथा द्वन्द्व सृजना नहोस, सामाजमा शान्ति सुरक्षा र सामाजिक समरसताको दृष्टिकोणले मुस्लिम समुदायले निर्माण गरिरहेको भौतिक संरचना घर यथाशीघ्र भत्काई तथा उक्त स्थानमा राखिएको मुहर्रम कमिटीको वोर्ड, धार्मिक झण्डा हटाई दिन सर्व सहमतिवाट भएको निर्णय अनुसार कार्यान्वयन गराई समाजमा शान्ति सुरक्षा स्थापित गराई दिन गृहमन्त्रालय र मधेशी आयोगमा समेत निवेदन पठाएको छ ।

    यता, जनकपुरधाम उप–महानगरपालिकाले माघ ३० गते जिल्ला प्रशासन कार्यालय धनुषालाई समेत यस बिषयमा जानकारी गराई ती टहरा हटाउन परिपत्र गरे पनि अहिले सम्म ती टहराहरु यथास्थितिमै रहेको छ ।

  • सम्बन्धित विषय:

  • # हिन्दु समाज

  • तेस्रो आँखा
    लेखकबाट थप