• ट्रेण्डिङ्ग :
मुलुकको विकासका लागि अध्यादेश ल्याइएको हो : सञ्चारमन्त्री गुरुङ

मुलुकको विकासका लागि अध्यादेश ल्याइएको हो : सञ्चारमन्त्री गुरुङ


  • 2.4K
    SHARES
    • फाल्गुण ७, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 3.7K Views

    मुलुकको विकासका लागि अध्यादेश ल्याइएको हो : सञ्चारमन्त्री गुरुङ

    काठमाडौँ, फागुन ७ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जनताको हित र मुलुकको समृद्धिको ख्याल गरेर अध्यादेश ल्याइएको बताउनुभएको छ। उहाँले अध्यादेशको विरोध गर्नुको औचित्य नरहेको प्रष्ट पार्नुभयो। 

    images

    मन्त्री गुरुङले मुलुकको अर्थतन्त्रलाई चलायमान गर्न, सहकारी र सुकुम्बासी सम्बन्धी समस्या अन्त्य गर्ने उदेश्य बोकेको अध्यादेश भित्रका विषयवस्तुमा कसैको पनि फरक मत नरहेको बताउनुभयो।

    राष्ट्रिय समाचार समितिको ६४ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री गुरुङले जनताको सेवा गर्न, विकासमा स्थायित्व गतिशीलता ल्याउन, भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम गर्नु अहिलेको सरकारको प्राथमीकताको विषय रहेको बताउनुभयो।

    नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले क्रान्ति, जनआन्दोलन, व्यवस्था र प्रणाली फेरिए पनि पुराना कानुन र नीति परिवर्तन नहुँदा जुनसुकै सरकारले पनि लक्ष्य अनुसार नतिजा दिन नसकेको उहाँको तर्क थियो।

    सरकारका सबै संघसंस्था पूर्ण लोकतान्त्रिक र समावेशी कायम गर्ने विषयमा हेक्का राख्न सुझाव दिँदै मन्त्री गुरुङले प्रजातन्त्रमा प्रतिस्पर्धा र आलोपालो हुनुपर्नेमा त्यो नहुँदा टिकाटिप्प्पी गरेको बताउनुभयो।

    प्रदेश सरकार, पालिका, समग्र प्रहरी प्रशासन हाक्ने व्यक्तिको शैली र आचरणमा शुद्धता आवश्यक रहेको बताउँदै उहाँले पुराना संरचनालाई नयाँ व्यवस्था अनुरुप लोकतान्त्रीक बनाउदै लैजानुपर्ने आजको आवश्यकता भएको औँल्याउनुभयो।

    “हामीले नीति र व्यवस्थामा क्रान्ति ल्याउन नसक्दा मुलुकले सोँचे अनुकुल उपलब्धी हासिल गर्न सकेन”, मन्त्री गुरुङले भन्नुभयो, “अहिले हामी आवश्यक नीति रुपान्तरणमा जोड दिएका छौँ।” 

    विगतमा लोकतन्त्रमाथि खिचातानी भइरहेको हुँदा लोकतन्त्र ट्रयापमा पर्दै आएको बताउदै त्यही ट्रयापबाट लोकतन्त्र बचाउन दुई ठुला राजनीतिक दल (नेपाली कांग्रेस र नेकपा एमाले) गठबन्धन गर्नुपरेको बताउनुभयो। त्यस्तै मन्त्री गुरुङले सरकारी सञ्चार माध्यमलाई व्यवस्थित र समयानुकुल बनाउन मन्त्रालय सधै सकारात्मक रहेको बताउनुभयो।

    मन्त्री गुरुङका अनुसार सरकारी मातहतका सञ्चार माध्यम जनताको सूचना सेवाप्रति उत्तरदायी हुनुपर्ने बताउदै राससले उक्त भूमिका प्रभावकारी ढंगले निर्वाह गर्दै आएको छ।

    मन्त्री गुरुङले राससले दीर्घकालीन महत्त्वका कार्यको थालनी गर्दै आएको बताउदै रासस चौविस घन्टामा लगिएको, मिडिया संग्रालय सुरु गरिएको, समावेशी भाषामा सेवा विस्तार गरिएको, मिडिया संग्राहलय समाचार बुलेटिन कक्ष सर्वसाधारणका लागि खुला गरिनुले समाचार सेवामा योगदान दिएको बताउनुभयो।  

     


    तेस्रो आँखा