• ट्रेण्डिङ्ग :
ललितपुरको सुनाकोटीस्थित सिभिल होम्समा आगलागी

ललितपुरको सुनाकोटीस्थित सिभिल होम्समा आगलागी


  • 3.0K
    SHARES
    • फाल्गुण ११, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 4.7K Views

    ललितपुरको सुनाकोटीस्थित सिभिल होम्समा आगलागी

    काठमाडौं, ११ फागुन । ललितपुरको सुनाकोटीको सिभिल होम्सको ब्लक ५ मा रहेको एक घरमा आगलागी भएको छ । घरको माथिल्लो तलामा रहेको पूजाकोठामा बालिएको बत्तीबाट आगो लागेको हो ।

    images

     

    आइतबार बिहान भएको आगलागी निभाउने प्रयास भइरहेको चापागाउँ प्रहरी चौकीका डीएसपी दिलबहादुर मल्लले जानकारी दिनुभयो । उहाँकाअनुसार ललितपुर महानगरपालिकाकोसहित दुई दमकल र नेपाल प्रहरी, नगर प्रहरीलगायतको टोली आगो निभाउन खटिएका छन् । आगो लगभग नियन्त्रणमा आइसकेको छ ।

     


    तेस्रो आँखा