• ट्रेण्डिङ्ग :
धुलिखेलमा बस दुर्घटना हुँदा १७ जना घाइते

धुलिखेलमा बस दुर्घटना हुँदा १७ जना घाइते


  • 3.9K
    SHARES
    • फाल्गुण १३, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 6.0K Views

    धुलिखेलमा बस दुर्घटना हुँदा १७ जना घाइते

    धुलिखेल, १३ फागुन । काठमाडौंबाट रामेछाप जाँदै गरेको एक बस आज बिहान धुलिखेलमा दुर्घटनामा परेको छ । धुलिखेल नगरपालिका(१०, सारादा बतासेस्थित बिपी राजमार्गमा बस दुर्घटनामा परेको हो ।

    images

    अस्थायी ट्राफिक प्रहरी पोष्ट काभ्रेभञ्ज्याङका सहायक हवलदार रुद्र लामिछानेकाअनुसार बागमती प्रदेश(३(०१(००५ ख ९९४२ नम्बरको बस बिहान करिब ८ः२० बजेतिर अनियन्त्रित भई सडकको नालीमा पल्टिएको थियो । बसमा कुल २४ जना सवार थिए, जसमा बस चालक र सहचालकसहित १७ जना घाइते भएका छन् ।

    घाइतेहरूको उपचारका लागि धुलिखेल अस्पताल पठाइएको हायक हवलदार रुद्र लामिछानेले बताउनुभयो । उहाँका अनुसार चालक र सहचालकको टाउकोमा गम्भीर चोट छ । घाइतेहरूको पहिचान हालसम्म गरिएको छैन ।

    दुर्घटनामा परेको बस सडकमै रहेकोले राजमार्गको एकतर्फी सञ्चालन भइरहेको छ । बस रामेछापको धोबी र ढाँडे हुँदै ओखलढुंगाको पोकलीका लागि छुटेको थियो ।


    तेस्रो आँखा