• ट्रेण्डिङ्ग :
महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड (फोटो फिचर )

महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड (फोटो फिचर )


  • 6.7K
    SHARES
    • फाल्गुण १४, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 10.3K Views

    महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड (फोटो फिचर )

    काठमाडौं, १४ फागुन । महाशिवरात्रिका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ । महाशिवरात्रिका लागि पशुपतिनाथ मूल मन्दिरका चारै ढोका बिहान २ बजेदेखि नै खुला गरिएको थियो । ढोका खुल्नु अघिदेखि नै आशुतोष भगवान् शिवको दर्शनका लागि भक्तजनको भीड पशुपति क्षेत्रमा लागेको छ । महाशिवरात्रि पर्वका अवसरमा आज पशुपतिनाथ लगायत देशभरका शिवालयमा विधिपूर्वक पूजा,आराधना एवं दर्शन गरी मनाइँदैछ । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजाआराधना गर्दछन् । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायतका ग्रन्थमा उल्लेखित छ ।

    images
    Screenshot 2025-02-26 093758.jpg
    Screenshot 2025-02-26 093637.jpg
    Screenshot 2025-02-26 093613.jpg
    Screenshot 2025-02-26 093545.jpg
    Screenshot 2025-02-26 093452.jpg

    Pasupati-Mahashivaratri_sujan-gurung_DSC06448.jpg


    तेस्रो आँखा