• ट्रेण्डिङ्ग :
प्रथम महिला न्यायाधीश शारदा श्रेष्ठको निधन

प्रथम महिला न्यायाधीश शारदा श्रेष्ठको निधन


  • 5.6K
    SHARES
    • फाल्गुण १६, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 8.6K Views

    प्रथम महिला न्यायाधीश शारदा श्रेष्ठको निधन

    काठमाडौँ, १६ फागुन । नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन भएको छ । ८३ वर्षको उमेरमा महाराजगन्जस्थित प्रहरी अस्पतालमा उपचारका क्रममा शुक्रवार बिहान श्रेष्ठको मृत्यु भएको सर्वोच्च अदालतका सूचना अधिकारी नीराजन पाण्डेले जानकारी दिनुभयो ।

    images

    ‘उहाँ लामो समयदेखि बिरामी भएर उपचारका क्रममा अस्पतालमा हुनुहुन्थ्यो,’ पाण्डेले भन्नुभयो ।  श्रेष्ठको शुक्रवार अपराह्न ४ बजेपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी भइरहेको छ ।
     
    २०२३ सालमा भूमि सुधार विशेष अदालतमा पहिलो महिला न्यायाधीश बनेर उनी न्याय सेवामा प्रवेश गरेकी थिइन् ।


    तेस्रो आँखा