• ट्रेण्डिङ्ग :
१४ लाख ३५ हजार बढीलाई एचपीभी खोप प्रदान

१४ लाख ३५ हजार बढीलाई एचपीभी खोप प्रदान


  • 6.5K
    SHARES
    • फाल्गुण १६, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 10.0K Views

    १४ लाख ३५ हजार बढीलाई एचपीभी खोप प्रदान

    काठमाडौं, १६ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशव्यापी रुपमा सञ्चालन गरेको एचपीभी खोप अभियानमा हालसम्म १४ लाख ३५ हजार ६ सय ८९ जना किशोरीहरुलाई खोप प्रदान गरिएको छ ।

    images

    शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले कक्षा ६ देखि १० सम्म अध्यनरत छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरसम्मका १४ लाख ३५ हजार ६ सय ८९ जना किशोरीहरुलाई खोप प्रदान गरिसकेको जानकारी गराउनु भएको हो । 
    उहाँले भन्नुभयो, ‘स्वास्थ्य मन्त्रालयले देशव्यापी रुपमा सञ्चालन गरेको पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप अभियानमा हालसम्म कक्षा ६ देखि १० सम्म अध्यनरत छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरसम्मका १४ लाख ३५ हजार ६ सय ८९ जना किशोरीहरुलाई खोप प्रदान गरिसकेको छ । यो कुल लक्ष्यको ९२ प्रतिशत हो ।’

    यसको साथै, उहाँले मनाङ्, मुस्ताङ्, हुम्ला र डोल्पा जिल्लामा प्रतिकुल मौसमका कारण निर्धारित तालिका अनुसार खोप अभियान सञ्चालन गर्न नसकेको भन्दै मनाङ्, मुस्ताङ र हुम्लामा फागुन १८ गते र डोल्पामा फागुन २२ गतेदेखि खोप अभियान सञ्चालन हुने जानकारी दिनुभयो। 

    यस्तै, उहाँले फागुन महिनाभर नसर्ने रोगहरुको रोगथाम, प्रारम्भिक पहिचान र व्यवस्थापनका लागि देशव्यापी अभियान सञ्चालन भइरहेको र त्यसको लागि स्थानिय तहद्वारा सञ्चालित स्वास्थ्य संस्थामा जान पनि आग्रह गर्नुभयो। 

    उहाँले भन्नुभयो, ‘फागुन महिनाभर नसर्ने रोगहरुको रोगथाम, प्रारम्भिक पहिचान र व्यवस्थापनका लागि देशव्यापी अभियान सञ्चालन भइरहेको छ । यस अभियानमा ३० वर्ष माथिका सम्पूर्ण नागरिकहरु आफूलाई सुहाउने स्थानीय तहद्वारा सञ्चालित स्वास्थ्य संस्थामा गई मधुमेह जाँच, रक्तचाप मापन, मृगौला सम्बन्धी रोगको जाँच र बिएम्आईको मापन गरि आफ्नो स्वास्थ्यको बारेमा जानकार रहन पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अपिल गर्दछ ।’ 

     

  • सम्बन्धित विषय:

  • # एचपीभी खोप अभियान

  • तेस्रो आँखा