• ट्रेण्डिङ्ग :
आज शून्य भेदभाव दिवस र समुद्री घाँस दिवस पनि मनाइँदै

आज शून्य भेदभाव दिवस र समुद्री घाँस दिवस पनि मनाइँदै


  • 9.6K
    SHARES
    • फाल्गुण १७, २०८१ शनिबार
    • १ बर्ष अघि
    • 14.8K Views

    आज शून्य भेदभाव दिवस र समुद्री घाँस दिवस पनि मनाइँदै

    काठमाडौं, फागुन १७ । आज शून्य भेदभाव दिवस हो । समुद्री घाँस दिवस पनि आजै परेको छ । विश्वबाट सबै प्रकारका भेदभाव अन्त्य गर्ने तथा त्यसप्रति विश्वव्यापी ऐक्यबद्धता जनाउन संयुक्त राष्ट्रसङ्घको आह्वानमा शून्य भेदभाव दिवस मनाउन थालिएको हो ।

    images

    सोही विश्वसंस्थाको आह्वानमा समुद्रको पारिस्थितिक प्रणाली संरक्षणका निम्ति चेतना जगाउन सन् २०२२ देखि विश्व घाँस दिवस पनि मनाउन प्रारम्भ भएको हो । यसबाट जलवायु परिवर्तनको प्रभावलाई सम्बोधन गर्न तथा तटीय क्षेत्रका मानिसलाई बाढी र आँधीबेहरीको जोखिमबाट जोगाउन समुद्री घाँस महत्त्वपूर्ण मानिएको छ ।

    एचआइभी–सम्बन्धित कलंक र भेदभाव हटाउन कार्यका लागि विश्वव्यापी साझेदारीअन्तर्गत एकताबद्ध भएका ४१ देशहरू र असङ्ख्य साझेदारहरूको प्रतिबद्धताको प्रशंसा गर्ने यो महत्त्वपूर्ण क्षण हो । सामुदायिक साझेदारहरूको महत्वपूर्ण संलग्नता र नेतृत्वको साथ, यो पहलले प्रणालीगत मानव अधिकार अवरोध र असमानताहरू हटाउने कामलाई तीव्र बनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ, जसले गर्दा थप न्यायपूर्ण र समावेशी एचआइभी प्रतिक्रियाका लागि मार्ग प्रशस्त भएको छ ।

    शून्य भेदभाव दिवस समावेशीकरण, स्नेह, शान्ति, लैङ्गिक समानता एचआइभी एड्सविरुद्ध एकता तथा त्यसबाट पीडितलाई  भेदभावरहित सम्मानपूर्ण व्यवहार हुनुपर्नेमा जोड दिँदै मनाइन्छ । 

    सीमान्तकृत वर्गमा स्वास्थ्य सेवाको सुनिश्चितता, सन् २०३० सम्ममा एचआइभी नियन्त्रणका लक्ष्य हासिल गर्न विश्वभर आवश्यकका निम्ति अभिप्रेरित गर्नु यो दिवसको उद्देश्य हो । 


    तेस्रो आँखा