• ट्रेण्डिङ्ग :
आजको मौसम :  यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

आजको मौसम :  यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना


  • 6.7K
    SHARES
    • फाल्गुण १९, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 10.4K Views

    आजको मौसम :  यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

    काठमाडौं, १९ फागुन । देशका केही भू–भागमा आज हिमपात हुनेछ । यद्यपि, जल तथा मौसम विज्ञान विभागका अनुसार मुख्यतया मौसम सफा रहनेछ ।

    images

     

    विभागले बिहान देशभर मौसम मुख्यतया सफा रहेको बताएको छ । दिउँसो कोसी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहनेछ ।

    राति सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भूभागमा मौसम मूख्यतया सफा रहनेछ ।

    सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

    मंगलबार दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोसी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

    सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोसी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

    राति कोसी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मूख्यतया सफा रहनेछ ।

    कोसी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

    विभागका अनुसार बुधबार दिउँसो कोसी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मूख्यतया सफा रहनेछ ।

    राति कोसी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मूख्यतया सफा रहने विभागको पूर्वानुमान छ ।


    तेस्रो आँखा