• ट्रेण्डिङ्ग :
देशभर न्यूनचापीय प्रणालीको प्रभाव : कहाँको मौसम कस्तो ?

देशभर न्यूनचापीय प्रणालीको प्रभाव : कहाँको मौसम कस्तो ?


  • 5.0K
    SHARES
    • फाल्गुण २३, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 7.7K Views

    देशभर न्यूनचापीय प्रणालीको प्रभाव : कहाँको मौसम कस्तो ?

    काठमाडौं, २३ फागुन । देशका केही भूभागमा आज हिमपातको सम्भावना रहेको छ । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा हिमपातको सम्भावना रहेको हो ।

    images

    जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी, वाग्मती, गण्डकी प्रदेशलगायत पहाडी भूभागमा आंशिक बदली रहेको छ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।

    दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ ।

    राति देशको पहाड़ी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले बताएको छ ।


    तेस्रो आँखा