• ट्रेण्डिङ्ग :
टिपरले ठक्कर दिँदा तीन जनाको मृत्यु

टिपरले ठक्कर दिँदा तीन जनाको मृत्यु


  • 4.6K
    SHARES
    • फाल्गुण २३, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 7.0K Views

    टिपरले ठक्कर दिँदा तीन जनाको मृत्यु

    काठमाडौँ, २३ फागुन । काठमाडौँको शंखरापुर नगरपालिका ६ साँखु सलम्बुटारमा सवारी साधनको ठक्करबाट  तीन जनाको मृत्यु भएको छ । घरमा सुतिरहेको अवस्थामा टिपरले ठक्कर दिँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

    images

    २१ वर्षका आकाश र सुमन तथा ४५ वर्षका हरिजनको मृत्यु भएको प्रहरी प्रभाग साँखुले जनाएको छ । तीनै जनाको थप विवरण खुलेको छैन ।
     
    साँखु ब्रह्मखेल सडक खण्डमा बा २ क ६५८० नम्बरको टिपर बिहीबार दिउँसो पौने ४ बजे अनियन्त्रित भई सडक छेउको टहरोमा ठक्कर दिँदा सुतिरहेका तीन जना घाइते भएका थिए । 

    नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारका क्रममा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ । द्वन्द्वपीडित तथा अपाङ्ग समाज संस्थाले बनाएको जस्ताको टहरामा टिपरले ठक्कर दिँदा उक्त हताहत भएको हो ।  


    तेस्रो आँखा