• ट्रेण्डिङ्ग :
हात्तीको आक्रमणले एक जनाको मृत्यु

हात्तीको आक्रमणले एक जनाको मृत्यु


  • 6.0K
    SHARES
    • फाल्गुण २५, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 9.2K Views

    हात्तीको आक्रमणले एक जनाको मृत्यु

    चितवन, फागुन २४ । जङ्गली हात्तीको आक्रमणबाट चितवनका एक जनाको मृत्यु भएको छ । गोविन्दे नामको जङ्गली हात्तीले आक्रमण गर्दा पूर्वी चितवनको खैरहनी वडा ९ घर भएका ३५ वर्षीय सुरेश महतोको मृत्यु भएको हो । 

    images

    सौराहाको खेतमा तरकारी टिप्दै गरेको अबस्थामा बाघमारा वनबाट बस्ती प्रवेश गरेको हात्तीले महतोलाई आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । महतोको घटनास्थलमै ज्यान गएको हो । घटना शुक्रबार साँझ भएको र मृतकको शब शनिबार दिउँसो भेटिएको हो ।


    तेस्रो आँखा