• ट्रेण्डिङ्ग :
नेप्से परिसूचकमा ४६ अङ्कको गिरावट

नेप्से परिसूचकमा ४६ अङ्कको गिरावट


  • 7.7K
    SHARES
    • फाल्गुण २५, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 11.8K Views

    नेप्से परिसूचकमा ४६ अङ्कको गिरावट

    काठमाडौं, फागुन २५ । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज ९नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट भएको छ । आइतबार नेप्से परिसूचक ४६ दशमलव ३३ अङ्कले घटेर दुई हजार सात सय ७२ दशमलव १० को विन्दुमा ०झरेको हो ।

    images

    आज तीन सय १५ कम्पनीको दुई करोड २७ लाख २६ हजार दुई सय ८३ कित्ता शेयर एक लाख १२ हजार तीन सय ४७ पटक खरिद बिक्री हुँदा १० अर्ब नौ करोड ३६ लाख ५४ हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

    आजको कारोबारमा सबै समूहको उपसूचक रातो देखिएको छ । बैँकिङ एक दशमलव ३६, विकास बैँक एक दशमलव ७१, वित्त एक दशमलव ८७, होटल तथा पर्यटन शून्य दशमलव ८३, जलविद्युत् एक दशमलव ६६ र लगानी दुई दशमलव ४९ प्रतिशतले घटेको छ । त्यस्तै, जीवन बिमा एक दशमलव ७४, उत्पादन तथा प्रशोधन शून्य दशमलव ९१, लघुवित्त एक दशमलव ५८, म्युचुअल फन्ड एक दशमलव ०४, निर्जीवन बिमा एक दशमलव २६, व्यापार शून्य दशमलव ८१ र अन्य समूह दुई दशमलव ६९ प्रतिशतले घटेको छ ।

    गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेड र आइसिएफसी फाइनान्स लिमिटेड डिभेन्जरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ र उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र सिन्धु विकास बैँक लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

    कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु। एक अर्ब १२ करोड ४८ लाख ४९ हजार नौ सय ६४ बराबरको १० लाख ६२ हजार दुई सय ४६ कित्ता शेयर किनबेच भएको छ । 


    तेस्रो आँखा