• ट्रेण्डिङ्ग :
मालपोत कार्यालयका खरिदार घुस सहित पक्राउ

मालपोत कार्यालयका खरिदार घुस सहित पक्राउ


  • 2.8K
    SHARES
    • फाल्गुण २८, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 4.3K Views

    मालपोत कार्यालयका खरिदार घुस सहित पक्राउ

    काठमाडौँ, फागुन २८ । महोत्तरीको भूमिसुधार तथा मालपोत कार्यालयका खरिदार मुन्नु कुमार दास घुस सहित पक्राउ परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले दास सहित लेखापढी कानुन व्यवसायी जिवछ महतोले जग्गाको ट्रायल चेक गरी नक्सा सुधार गर्न सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग ३५ हजार घुस लिने क्रममा पक्राउ गरेको हो । 

    images

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिबासबाट खटिई गएको टोलीले निज मुन्नु कुमार दास र जिवछ महतोलाई सेवाग्राहीबाट रकम लिँदै गरेको अवस्थामा पक्राउ गरी थप कारबाही अगाडी बढाएको जनाएको छ । 


    तेस्रो आँखा