• ट्रेण्डिङ्ग :
आज वर्षा, हिमपात र हावाहुरीको सम्भावना

आज वर्षा, हिमपात र हावाहुरीको सम्भावना


  • 4.3K
    SHARES
    • चैत्र ४, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 6.6K Views

    आज वर्षा, हिमपात र हावाहुरीको सम्भावना

    काठमाडौं, ५ चैत । देशका केही भूभागका आज वर्षा र हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज गण्डकी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

    images

    बिहान कोसी, मधेस र वाग्मती प्रदेशमा आंशिक बदली रहेको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा छ ।

    गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा दिउँसो मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    अन्य प्रदेशमा भने आज मौसम आंशिक बदली रहे पनि मुख्यतया सफा रहने मौसमविद् विनु महर्जनले जानकारी दिइन् ।

    कोसी र मधेस प्रदेशका केही स्थानमा आज हावाहुरीको सम्भावना रहेको छ । अपराह्नपछि यी दुई प्रदेशमा हावाहुरीको सम्भावना रहेको हो ।


    तेस्रो आँखा