• ट्रेण्डिङ्ग :
आज पनि सुनको मूल्यमा उच्च रेकर्ड कायम

आज पनि सुनको मूल्यमा उच्च रेकर्ड कायम


  • 5.4K
    SHARES
    • चैत्र ६, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 8.3K Views

    आज पनि सुनको मूल्यमा उच्च रेकर्ड कायम

    काठमाडौं, ७ चैत । नेपाली बजारमा बुधबार उच्च रेकर्ड बनाएको सुनको मूल्य बिहीबार भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७६ हजार रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन बुधबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

    images

    चाँदीको मूल्य भने आज प्रतितोला १५ रुपैयाँले घटेर २ हजार ३० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार चाँदी २ हजार ४५ रुपैयाँमा कारोबार भएको थियो ।

    आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ५० हजार ८ सय ९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ७ सय ४० रुपैयाँ ५० पैसा कायम भएको छ ।


    तेस्रो आँखा