काठमाडाैं,३ चैत्र । स्थानीय तहको आगामी निर्वाचनमा राष्ट्रिय दलको मान्यता प्राप्त नगरेका ७३ वटा राजनीतिक पार्टीलाई निर्वाचन चिह्न पाउनका लागि जिल्लाको विवरण पेश गर्न पत्राचार गरेको । चुनाव चिन्ह प्राप्त गर्नका लागि राष्ट्रिय दलको मान्यता प्राप्त नगरेका ७३ वटा राजनीतिक दलहरूलाई आफ्नो दलको निर्वाचन चिह्न प्राप्त गर्न जिल्लास्तरको संगठन संरचना जिल्ला समितिको विवरण आउँदो ६ गतेभित्र पेश गर्न पत्राचार गरेको हो ।
स्थानीय तहको निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त गरेकाबाहेकका दलले स्वेच्छिक चिह्न लिएर उठ्नुपर्ने प्रावधान रहेकोमा अब निर्वाचन चिह्न दिने निर्णय गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । ती दलहरुले आफ्नो जिल्ला तथा स्थानीय तहको संगठनको संरचान, भातृसंगठहरुको जिल्लागत संरचना लगायतको विवरण पेश गर्नु पर्ने छ । त्यस पछि थप छलफल गरेर उनीहरूलाई पुरानै चिह्न उपलब्ध गराउने आयोगले जनाएको छ ।
राष्ट्रिय दलको मान्यता प्राप्त नगरेका पार्टीलाई आयोगले तोकेका चिन्ह मध्यबाट चुनाव चिन्ह दिने व्यवस्था रहेको थियाे । तर साना दलहरुले आयोगविरुद्द अदालत जाने चेतावनी दिएपछि समस्या आउन सक्ने कुराको आकलन गरी साना दलहरुलाई पनि उनिहरुको सांगठनीक अवस्था हेरेर चुनाव चिन्ह दिन सकिने भन्दै आयोग लचिलो बनेको हो ।
