सल्यान, ११ चैत । सल्यानमा सोमबार बिहान जिप दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएका छन्। तिमिलेबाट श्रीनगर आउँदै गरेको भे १ ज १२१४ नम्बरको जिप सोमबार बिहान साढे ९ बजे सिद्धकुमाख गाउँपालिका–३ गतियानामा पल्टिएको हो।
दुर्घटनामा घाइते भएका १७ जनाको श्रीनगरमा उपचार भइरहेको छ।
घाइते हुनेहरूमा कुमाख गाउँपालिका–३ तिमिलेका ६४ वर्षीया धने परियार, २८ वर्षीय ढम्मर बुढाथोकी, ४७ वर्षीया रिताकुमारी बुढा, ३५ वर्षीय शेरबहादुर नेपाली, १९ वर्षीया सपना वली, ३२ वर्षीया गिता चन्द, उनकी १० वर्षीया छोरी इन्दिरा चन्द, कुमाख–२ का १२ वर्षीय जय चन्द घाइते भएका छन्।
साथै उक्त दुर्घटनामा परी कुमाख–४ की ४१ वर्षीया हिरा शाही, ५० वर्षीय प्रविर रावत, ३० वर्षीय अर्जुन बस्नेत, कुमाख–२ की २६ वर्षीया प्रतिमा बुढा, शारदा नगरपालिकका–१ का २२ वर्षीय अनिल नेपाली, बनगाड कुपिण्डे नगरपालिका–५ की २१ वर्षीया भूमी राना, ६ वर्षीय एलिस रावत, शारदा–११ का १० वर्षे अनुपम बुढाथोकी र कुमाख(२ की २६ वर्षीया ललिता बुढाथोकी घाइते रहेको प्रहरीले जानकारी दिएको छ।
