• ट्रेण्डिङ्ग :
विपक्षी दलहरूको बैठक सिंहदरबारमा जारी

विपक्षी दलहरूको बैठक सिंहदरबारमा जारी


  • 3.4K
    SHARES
    • चैत्र १२, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 5.3K Views

    विपक्षी दलहरूको बैठक सिंहदरबारमा जारी

    काठमाडौं, १३ चैत । संविधान र गणतन्त्रको पक्षमा उभिएका विभिन्न विपक्षी दलहरूको बैठक अहिले नेकपा (माओवादी केन्द्र)को संसदीय दल कार्यालय, सिंहदरबारमा जारी छ । नेपालमा पछिल्लो राजनीतिक परिदृश्यमा देखिएको उतार(चढाव, राजावादीको सक्रियता, संविधान कार्यान्वयनमा देखिएका चुनौती तथा गणतन्त्रको सुदृढीकरणका लागि आवश्यक रणनीतिबारे छलफल गर्न बैठक आयोजना गरिएको हो ।

    images

    बैठकमा प्रमुख विपक्षी दल माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा), एकीकृत समाजवादी लगायत विपक्षी दलका शीर्ष नेताहरू सहभागी छन् । उनीहरूबीच संविधानको मर्मअनुसार सरकार सञ्चालन हुनुपर्ने, लोकतान्त्रिक मूल्य र मान्यताको रक्षा गर्न आवश्यक उपायहरू अवलम्बन गर्नुपर्ने तथा गणतन्त्रलाई बलियो नाउन साझा कार्ययोजना अघि बढाउनु पर्ने विषयमा छलफल भइरहेको बताइन्छ ।


    तेस्रो आँखा