• ट्रेण्डिङ्ग :
कर्णाली नदीमा बेवारिसे शव फेला

कर्णाली नदीमा बेवारिसे शव फेला


  • 5.3K
    SHARES
    • चैत्र १२, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 8.1K Views

    कर्णाली नदीमा बेवारिसे शव फेला

    कालीकोट, चैत १३ । कालीकोटको नरहरीनाथ गाउँपालिका वडा नम्बर १ लालीघाट नजिक कर्णाली नदीमा बेबारिसे शव फेला परेको छ । बजार नजिकै बुधबार  बिहान ८ः५५ बजेको समयमा कर्णाली नदीको किनारामा बेवारिसे अवस्थामा शव फेला परेको प्रहरीले जनायको छ ।

    images

    जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी प्रहरी निरीक्षक रामप्रसाद पाण्डेले प्रहरी चौकी लालुखुलालुमा खबर प्राप्त हुना साथ प्रहरी हवल्दार डम्मर सिंह नेपालीको कमाण्डमा दुई जनाको टोली घटनास्थल पुगेर घटनास्थल सुरक्षित राखेको बताउनुभयो । 

    उक्त स्थान प्रहरी चौकी लालुखुलालुदेखि करिब तीन किलोमिटर उत्तर तिर रहेको छ । बजारका कुनै व्यक्ति सम्पर्कमा रहे नरहेको बारेमा अनुसन्धान भइरहेको  छ ।


    तेस्रो आँखा