• ट्रेण्डिङ्ग :
निषेधाज्ञामा हवाई यात्रुलाई टिकटका आधारमा सहजीकरण गरिने

निषेधाज्ञामा हवाई यात्रुलाई टिकटका आधारमा सहजीकरण गरिने


  • 14.8K
    SHARES
    • चैत्र १४, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 22.8K Views

    निषेधाज्ञामा हवाई यात्रुलाई टिकटका आधारमा सहजीकरण गरिने

    काठमाडौँ, चैत १५ । काठमाडौँ बानेश्वर–तीनकुने क्षेत्रमा कर्फ्यू आदेश जारी भएपछि जिल्ला प्रशासन कार्यालयले हवाई यात्रुलाई सहजीकरण गर्ने भएको छ। टिकट र परिचय पत्रका आधारमा यात्रुलाई सहजीकरण गर्न प्रशासनले सुरक्षाकर्मीलाई आदेश दिएको हो। 

    images

    प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले सूचना सार्वजनिक गर्दै हवाई यात्रुको सहजताका लागि टिकट र आधिकारिक परिचयपत्रलाई आधारमा सहभागीकरण गर्ने जानकारी गराउनुभएको हो। 

    सूचनामा भनिएको छ, ‘ हवाई यात्रुको सहजतालाई मध्यनजर गरी टिकट र आधिकारिक परिचयपत्र समेतका आधारमा हवाई यात्रा गर्नुहुने महानुभावलाई सहजीकरण गरिने र सो को समन्वय सुरक्षा निकायबाट हुने व्यहोरा सरोकारवाला सबैमा अनुरोध छ।’ Notic.png


    तेस्रो आँखा