• ट्रेण्डिङ्ग :
राजावादीको प्रदर्शनमा पत्रकारसहित दुई जनाको मृत्यु

राजावादीको प्रदर्शनमा पत्रकारसहित दुई जनाको मृत्यु


  • 10.5K
    SHARES
    • चैत्र १४, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 16.1K Views

    राजावादीको प्रदर्शनमा पत्रकारसहित दुई जनाको मृत्यु

    काठमाडौं, १५ चैत । राजसंस्था पुनस्थापनाको माग गर्दै शुक्रबार दुर्गा प्रसाईं नेतृत्वको राजावादी समूहले गरेको प्रदर्शनमा परेर हालसम्म दुई जनाको मृत्यु भएको छ ।

    images

    प्रदर्शनमा परेर कीर्तिपुर नगरपालिका–४ घर भएका सविन महर्जनको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।

    गृह मन्त्रालयका सहसचिव छवि रिजालका अनुसार २९ वर्षीय महर्जन दुर्गा प्रसाईं नेतृत्वको आन्दोलनमा सहभागि थिए । यस्तै राजावादीले गरेको आगजनीमा परेर पत्रकार सुरेश रजकको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

    तीनकुनेस्थित राजावादीले गरेको आगजनीमा परेर एभिन्यूज टेलिभिजनमा कार्यरत फोटो पत्रकार सुरेश रजकको मृत्यु भएको हो ।आगलागी भएको छतमा चढेर टेलिभिजनका लागि दृष्य खिचिरहेका रजकको मृत्यु भएको हो । उनी फाेटाे खिचन्ने भनेेर आगलागी भएको घरकाे छतमा गएका थिए ।

    प्रदर्शनस्थलमा तनावको स्थिती भएसंगै प्रहरीले हवाई फायर समेत गरेको थियो ।

    यसबीच सामाजिक सञ्जाल फेसबुकमा स्टाटस आन्दालेनका कमाण्डर दुर्गा प्रसाईले युवकको मृत्यु सरकारले गरेको बताएका छन् ।


    तेस्रो आँखा