• ट्रेण्डिङ्ग :
कालिकोटमा हेलिकोप्टरबाट गर्भवतीको उद्धार

कालिकोटमा हेलिकोप्टरबाट गर्भवतीको उद्धार


  • 3.4K
    SHARES
    • चैत्र २१, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 5.2K Views

    कालिकोटमा हेलिकोप्टरबाट गर्भवतीको उद्धार

    कालीकोट, चैत २२ । जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका–१ की सबिना बुढामगरलाई हेलिकोप्टरबाट उद्धार गरिएको छ । गर्भावस्थामा अत्यधिक रक्तस्राव भएका कारण उहाँलाई हेलिकोप्टरबाट उद्धार गरिएको हो । सुत्केरी हुने धेरै समयअगाडि नै अत्यधिक रक्तस्राव भएपछि उहाँलाई जिल्ला अस्पताल कालीकोटमा भर्ना गरिएको थियो । 

    images

    अस्पतालले दुई पिन्ट रगत चढाउँदा पनि स्वास्थ्यमा कुनै सुधार नआएपछि हेलिकोप्टरमार्फत उहाँको उद्धार गरिएको हो । जिल्ला अस्पताल कालीकोटका डा। दर्शनराज पाण्डेले गर्भवतीको ज्यान रक्षाका लागि अस्पतालले सबै प्रयास गरे पनि सुधार नभएकाले तत्काल जिल्ला प्रशासन कार्यालय कालीकोटको सिफारिस अनुसार हेलीको व्यवस्थापन गरेर प्रदेश अस्पताल सुर्खेत सिफारिस गरिएको बताउनुभयो । 

    हेलिकोप्टरमार्फत सुर्खेत उद्धार गरिएकी गर्भवती बुढामगरको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ । उहाँको अवस्था खतरामुक्त रहेको चिकित्सकको भनाइ छ । सबिनाको गर्भ बसेको जम्मा १६ हप्ता भएको थियो । एक्कासि रक्तस्राव भएकाले परिवारका सदस्यले जिल्ला अस्पताल कालीकोट पुर्‍याएका थिए । अस्पतालले गरेको सबै प्रयास असफल जस्तै भए पनि तत्काल अस्पतालले जिल्ला प्रशासन कार्यालय कालीकोटलाई गर्भवतीको अवस्था जटिल बन्दै गएकाले हेलिकोप्टरको व्यवस्थापन गर्न सिफारिस गरेको थियो । 

    अस्पतालको सुझाव अनुसार जिल्ला प्रशासन कार्यालय कालीकोटले तत्काल महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गतको राष्ट्रपति महिला उत्थान समन्वय एकाइलाई पत्राचार गरेपछि बुढाको ज्यान जोगिएको डा। पाण्डेको भनाइ छ । दुर्गमका गर्भवती महिलाको ज्यान रक्षाका लागि राष्ट्रपति महिला उत्थान समन्वय एकाइले हेलिकोप्टरको व्यवस्था गर्दै आएको छ ।  


    तेस्रो आँखा