• ट्रेण्डिङ्ग :
प्रदर्शनकारीले सिंहदरबार, संसद र एयरपोर्ट कब्जा गर्ने भनेपछि बल प्रयोग गरौं : महानिरिक्षक थापा

प्रदर्शनकारीले सिंहदरबार, संसद र एयरपोर्ट कब्जा गर्ने भनेपछि बल प्रयोग गरौं : महानिरिक्षक थापा


  • 6.9K
    SHARES
    • चैत्र २१, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 10.6K Views

    प्रदर्शनकारीले सिंहदरबार, संसद र एयरपोर्ट कब्जा गर्ने भनेपछि बल प्रयोग गरौं : महानिरिक्षक थापा

    काठमाडौं, चैत २२ । नेपाल प्रहरीका महानिरीक्षक दीपक थापाले चैत १५ गतेको प्रदर्शनमा प्रदर्शनकारीहरु हिंसात्मक गतिविधिमा उत्रिएपछि प्रहरीको सुरक्षा रणनीति कार्यान्वयमा चुनौती भएको बताउनुभएको छ ।

    images

    शुक्रबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्नुहुँदै प्रहरी प्रमुख थापाले शान्तिपूर्ण आन्दोलन गर्ने भनेका प्रदर्शनकारीहरु अराजक र हिंसात्मक तरिकाले अघि बढेपछि प्रहरीले बल प्रयोग गरेको बताउनुभएको हो ।

    उहाँले प्रदर्शनकारीहरुले सिंहदरबार, संसद भवन र विमानस्थल कब्जा गर्ने भनेपछि सोहीअनुसारको बल प्रयोग भएको बताउनुभयो । स्रोत साधनको अभावका बाबजुद समेत क्षति कम हुने रणनीतिमा प्रहरी अघि बढेको उहाँको भनाइ छ ।

    महानिरीक्षक थापाले भन्नुभयो, ‘‘त्यहाँबाट बुलेट गाडी आयो, त्यस्तो हामीले सोचेका पनि थिएनौं । मेरो २९ वर्षको जीवनमा प्रहरी मार्नेगरी यसरी कुनै गाडी आएको थिएन । त्यसपछि हाम्रो कमाण्डरले उहाँलाई नियन्त्रणमा लिएर झार्ने काम ग¥यो । त्यहाँबाट हामीले उहाँलाई मञ्चमा पठाएका हौं । उनी पुग्नुभन्दा अघि नै झडप गर्ने र प्रहरीसँग मुकाबिला गर्ने, एकथरि मञ्चमै उत्तेजक भाषणहरु गर्ने काम गरिरहनु भएको थियो ।’’

    उहाँले प्रहरीलाई नै मार्नेगरी बुलेट गाडी चलाइएको समेत बताउनुभयो । उहाँले प्रहरीले शान्तिपूर्ण आन्दोलन गर्छौं भनेकै कारण दुर्गा प्रसाईंलाई फेरि मञ्चतिर पठाइएको स्पष्टीकरण दिनुभयो । उहाँले आन्दोलन सुरु हुनुभन्दा अगाडि नै झडप गर्ने र प्रहरीसँग मुकाबिला गर्ने, मञ्चमै उत्तेजक भाषणहरु गर्ने गरेका कारण प्रहरीले बल प्रयोग गर्नुपरेको बताउनुभयो । उहाँले प्रहरी आफैंले मञ्चमा अश्रुग्यास नहानेको दाबी गर्नुभयो ।

    उहाँले भन्नुभयो, ‘‘त्यसपछि मिनभवनको पुलभन्दा पारी अश्रुग्यास हानिएको हो । आन्दोलनकारी झुण्डझुण्ड भएर आक्रमण सुरु गरे । त्यहाँ नियन्त्रण गर्दागर्दै आन्दोलनकारी बाहिर गए । संसद, सिंहदरबार, एयरपोर्ट कब्जा गर्ने भनेपछि त्यसै अनुसार बल प्रयोग गर्ने चल्यो । ग्यास सेल हामीले म्याद नाघेकोबारे जानकारी भएन । हामीले नष्ट नगरेको र मौज्दातमा रहेको ग्याँस हामीले प्रहार गरेका हौं । तर म्याद नाघेको हान्यो भनेर अफवाह कसरि आयो र?’’

    नेपाल प्रहरीको लागु औषध ब्युरो जलाउने प्रयास हुँदा आन्दोलनस्थल भन्दा बाहिर गोली प्रहार गर्दा सविन महर्जनको निधन भएको बताउनुभयो । उहाँले चैत १५ गते नै १६१ जनालाई पक्राउ गरिएकोमा ९४ जनालाई जमानीमा छोडेको जानकारी दिनुभयो । अन्यमाथि राजद्रोह र उप्रदो अपराधमा अनुसन्धान भइरहेको उल्लेख गर्नुभयो । प्रदर्शनकारीले ३९ गाडीमा क्षति गरेको र प्रदर्शनमा दुई जनाको मृत्यु भएको उहाँले बताउनुभयो ।


    तेस्रो आँखा