• ट्रेण्डिङ्ग :
तीनकुनेमा आगजनी भएको घरभित्र देखिएकी युवति पक्राउ

तीनकुनेमा आगजनी भएको घरभित्र देखिएकी युवति पक्राउ


  • 5.8K
    SHARES
    • चैत्र २४, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 8.9K Views

    तीनकुनेमा आगजनी भएको घरभित्र देखिएकी युवति पक्राउ

    काठमाडौँ, २५ चैत । पत्रकार एवं धार्मिक अभियन्ता एनी कुँवर पक्राउ परेकी छन् ।

    images

    तीनकुनेको एक घरमा भएको आगजनीको विषयमा अनुसन्धान गर्न प्रहरीले उनलाई आज पक्राउ गरेको हो ।

    सामाजिक सञ्जालमा सार्वजनिक भएको एक भिडियोमा उनी आगजनी भएको घरको भर्‍याङबाट ओर्लिरहेको देखिएकी थिइन् ।

    उक्त घरमा नै पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको थियो ।

    कतिपयले घटनामा उनको संलग्नता हुन सक्ने आशंका गरिरहेका छन् । उनले भने आफूले त्यसबेला सुरेशलाई नदेखेको दाबी गरेकी थिइन् ।

    एसपी अंगुर जिसीले अर्काको घरमा अनधिकृत प्रवेश गरेको पुष्टि भएकाले कुँवरलाई निर्दोष मान्न नसकिने बताउनुभयो।

    काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएका प्रहरीले उनलाई पक्राउ गरेको हो ।


    तेस्रो आँखा