• ट्रेण्डिङ्ग :
हिमाली भेगमा पानी पर्दा किसान खुसी

हिमाली भेगमा पानी पर्दा किसान खुसी


  • 6.4K
    SHARES
    • चैत्र २७, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 9.9K Views

    हिमाली भेगमा पानी पर्दा किसान खुसी

    मुगु, चैत २८ । मुगुका अधिकांश स्थानमा लामो समयको खडेरीपछि बुधबार साँझ  पानी परेसँगै किसान खुसी भएका छन् । किसानले लगाएको कोदो, मकै र आलुबालीलाई राहत भएको छ ।

    images

    मुगुमा माघ महिना यता पानी नपर्दा जिल्लाको प्रमुख आय स्रोतको रुपमा आम्दानी हुँने घुच्ची च्याउ जङ्गलमा उत्पादन हुन सकेको थिएन् बुधबार साँझदेखि जिल्लाका सबै ठाउँमा पानी पर्दा उक्त जडिबुटी उत्पादन हुँदा जिल्लाका किसानलाई घुच्ची च्याउ सङ्कलनमा राहत मिल्ने डिभिजन वन कार्यालय मुगुले जानकारी दिएको छ ।

    छायाँनाथ रारा नगरपालिका वडा नं १ का स्थानीय ६८  वर्षीय लोकजंग मल्लले भन्नुभयो, ‘‘केही वर्ष अगाडि जिल्लामा समयमै पानी पर्दा चैत महिनामै गुच्ची च्याउ उत्पादन हुन्थ्यो अहिले जलवायु परिवर्तनका कारणले गर्दा समयमै पानी नपर्दा जडिबुटी समयमै उत्पादन नहुँदा किसानलाईसास्ती भएलो छ ।’’

    उता, सोरु गाउँ पालिकामा लामो समयसम्म घडेरी पर्दा यहाँका किसानले कात्तिके बाली कोदो, मकै बारीमा छरेको बीउ अहिलेसम्म उम्रिन नसकेको स्थानीय स्यामलाल बुढाले बताउनुभयो । उहाँले बुधबार साँझमा परेको आकाशे पानीले यहाँका किसानले लगाएको बीउ उत्पादनमा राहत मिल्ने बताउनुभयो । 

    छायाँनाथ रारा नगरपालिका वडा नं १० का स्थानीय प्रेमलाल रोकायाका अनुसार समयमै पानी नपर्दा ‘‘सदियौं पुराना पानीका मुहानमा पानी खादै आएका ती मुहानमा अहिले पानी घट्दै आएको छ । खडेरीकै कारणले मात्र यस अघि कहिलै नसुकेका पानीका मुहान सुक्नुको प्रमुख कारण खानेपानी आयोजना निर्माण हुनु पनि हो ।,’’ बुढाले भन्नुभयो । बाह्रै महिना पानी बग्ने रिणीमोक्ष खोलामा अहिले पानीको थोपा छैन । गाेरखापत्र


    तेस्रो आँखा