• ट्रेण्डिङ्ग :
नेप्से परिसूचक आठ अङ्कले घट्यो

नेप्से परिसूचक आठ अङ्कले घट्यो


  • 3.3K
    SHARES
    • चैत्र ३०, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 5.1K Views

    नेप्से परिसूचक आठ अङ्कले घट्यो

    काठमाडौं, ३१ चैत । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक आठ दशमलव ६२ अङ्कले घटेर दुई हजार छ सय ६२ दशमलव ०८ को बिन्दुमा कायम भएको छ ।

    images

    आज विभिन्न ३२२ कम्पनीका एक करोड ३१ लाख ८९ हजार ३२८ कित्ता शेयर ५४ हजार ३६१ पटक खरिदबिक्री हुँदा छ अर्ब २८ करोड दुई लाख ९६ हजार २४५ बराबरको कारोबार भएको छ ।

    आजको कारोबारमा होटल तथा पर्यटन समूह शून्य दशमलव १४, लगानी एक दशमलव ६८, म्युचुअल फन्ड शून्य दशमलव २६ र निर्जीवन बीमा शून्य दशमलव ०८ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ ।

    बैंकिङ शून्य दशमलव २१, विकास बैंक शून्य दशमलव ७७, वित्त शून्य दशमलव ८८, जलविद्युत् शून्य दशमलव ४५, जीवन बीमा शून्य दशमलव ६१ र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ८४ प्रतिशतले घटेको छ ।

    त्यस्तै लघुवित्त शून्य दशमलव २६, व्यापार एक दशमलव ४० र अन्य समूह शून्य दशमलव ८० प्रतिशतले घटेको छ ।

    गुडविल फाईनान्स लिमिटेड डिबेञ्चर–२०८३ र नेपाल माइक्रोइन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

    कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सिइडिबी होल्डिङ्स लिमिटेडको ४५ करोड ३२ लाख नौ हजार बराबरको कारोबार भएको छ ।कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै राधी विद्युत् कम्पनी लिमिटेडको आठ लाख ९४ हजार पाँच सय १० कित्ताशेयर किनबेच भएको छ ।


    तेस्रो आँखा