• ट्रेण्डिङ्ग :
जाजरकोटको पैँक केन्द्रबिन्दु भएर दुई पटक भूकम्प

जाजरकोटको पैँक केन्द्रबिन्दु भएर दुई पटक भूकम्प


  • 3.4K
    SHARES
    • बैशाख २, २०८२ मंगलबार
    • १ बर्ष अघि
    • 5.2K Views

    जाजरकोटको पैँक केन्द्रबिन्दु भएर दुई पटक भूकम्प

    जाजरकोट , वैशाख २ । जाजरकोट जिल्लाको पैँक क्षेत्रलाई केन्द्रबिन्दु बनाएर दुई पटक भूकम्प गएको छ।

    images

    पहिलो भूकम्प २०८२ साल वैशाख १ गते राति ९ बजेर ३१ मिनेटमा गएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार उक्त भूकम्पको स्थानीय परिमाण ४।१ म्यागनिच्युट मापन गरिएको छ।

    यसैगरी, दोस्रो भूकम्प वैशाख २ गते बिहान ४ बजेर ५३ मिनेटमा गएको हो। केन्द्रका अनुसार यस भूकम्पको परिमाण ४।४ मापन गरिएको छ।

    लगातार दुई दिनमा गएको यी भूकम्पका कारण हालसम्म मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त नभएको जनाइएको छ।

  • सम्बन्धित विषय:

  • # भुकम्प

  • तेस्रो आँखा