• ट्रेण्डिङ्ग :
नेपाल-चीन सिमाना नजिक ५.० म्याग्निच्युडको भूकम्प

नेपाल-चीन सिमाना नजिक ५.० म्याग्निच्युडको भूकम्प


  • 7.4K
    SHARES
    • बैशाख ३, २०८२ बुधबार
    • १ बर्ष अघि
    • 11.4K Views

    नेपाल-चीन सिमाना नजिक ५.० म्याग्निच्युडको भूकम्प

    काठमाडौं, २०८२ वैशाख ३ । नेपाल(चीन सीमावर्ती क्षेत्र नजिकै बुधबार बिहान भूकम्पको मध्यम झट्का महसुस गरिएको छ। 

    images

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार स्थानीय समयअनुसार बिहान ४स् ०५ बजे चीनको डिङ्ग्ग्ये क्षेत्रमा ५।० म्याग्निच्युडको भूकम्प गएको हो।

    भूकम्पको केन्द्रविन्दु नेपाल(चीन सिमानाबाट करिब १८ किलोमिटर उत्तरतर्फ चीनको डिङ्ग्ग्ये आसपास रहेको केन्द्रले जनाएको छ। हालसम्म यस भूकम्पबाट मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन ।

    सिमाना नजिकै भएकाले भूकम्पको कम्पन नेपालका केही उत्तरी जिल्लामा पनि हल्का महसुस गरिएको हुन सक्ने अनुमान गरिएको छ।


    तेस्रो आँखा