• ट्रेण्डिङ्ग :
शिक्षक आन्दोलनमा घुसपेठ भएको भन्दै एक व्यक्तिमाथि हातपात

शिक्षक आन्दोलनमा घुसपेठ भएको भन्दै एक व्यक्तिमाथि हातपात


  • 5.9K
    SHARES
    • बैशाख ८, २०८२ सोमबार
    • १ बर्ष अघि
    • 9.1K Views

    शिक्षक आन्दोलनमा घुसपेठ भएको भन्दै एक व्यक्तिमाथि हातपात

    काठमाडौँ, ८ बैशाख । शिक्षक आन्दोलनमा घुसपेठ भएको भन्दै आन्दोलनकारीले एक व्यक्तिलाई हातपात गरेका छन् ।

    images

    सोमबार नयाँ बानेश्वरस्थित आर्कब्रिजको सडकमा आफूलाई अभिभावक बताउने सरोज महतमाथि हातपात भएको हो ।

    उक्त भिडिओ अहिले सामाजिक सञ्जालमा आएको छ ।

    उनी आन्दोलनमा घुसेपछि लफडा भएको हो । प्रहरीले उनलाई बाहिर निकाल्न खेज्दा घुसपेठ रहेको भन्दै शिक्षकको एक समूहले महतमाथि हातपात गरेको हो ।

    महतले भने आफ्नो छोरीको भर्ना हुन नपाएपछि शिक्षकहरूलाई विद्यालय फर्कन आग्रह गर्न आएको बताएका छन् ।

    भिडिओमा उनले आफूलाई ललितपुरको गोदावरीस्थित सरस्वती माध्यमिक विद्यालयका अभिभावक बताएका छन् ।

    उनले आफ्नो घर गोदावरी नगरपालिका वडा नं। ५ बताएका छन् ।


    तेस्रो आँखा