• ट्रेण्डिङ्ग :
आजको मौसम: स्थानीय र पश्चिमी वायुको प्रभाव कायमै

आजको मौसम: स्थानीय र पश्चिमी वायुको प्रभाव कायमै


  • 3.3K
    SHARES
    • बैशाख १०, २०८२ बुधबार
    • १ बर्ष अघि
    • 5.1K Views

    आजको मौसम: स्थानीय र पश्चिमी वायुको प्रभाव कायमै

    काठमाडौँ, १० बैशाख । हाल देशमा मुख्यतया स्थानीय तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मुख्यतया मौसम सफा रहेको छ।  कोशी प्रदेशको तराई क्षेत्र र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    images

    आज दिउसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली  रहनेछ । कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

    कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ। यो क्रम राति पनि निरन्तर रहनेछ । 

    कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना तथा कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हिमपातको सम्भावना रहेको कारण कृषि, दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक  सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।


    तेस्रो आँखा